Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद पन्तको प्रश्न - प्रधानमन्त्री हुँदाहुँदै राष्ट्रपतिलाई सल्लाहकार किन चाहियो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

सांसद पन्तले भने, ‘राष्ट्रपतिलाई सल्लाहकार किन चाहियोरु प्रधानमन्त्रीले आँट गरेर भनुँ। अरू केही गर्नु पर्दैन सल्लाहकारका लागि बजेट नछुट्याउनुस् । राष्ट्रपतिले सल्लाहकार नियुक्त गर्नुहुन्छ भने बजेट नदिनुस्। राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हो। दुइटा पावर सेन्टर कुनै पनि मुलुकमा हुन्न।’

राष्ट्रपतिलाई संविधानले कार्यकारी अधिकार नदिएकोले सल्लाहकार पनि नचाहिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077