Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटमा सत्ता समीकरणको छनक देखिएन : गोकुल बाँस्कोटा

काठमाडौं । ​नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले ल्याएको बजेट पार्टीको जस्तो देखिएको आरोप लगाएका छन्।

बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन् ।

सांसद बाँस्कोटाले बजेटमा सत्ता समीकरणको छनक नै नभएको बताए । अर्थमन्त्री भेट्न नपाएको भन्दै उनले गुनासो गरे ।

अर्थमन्त्रीले छलाङ हानिन्छ भने पनि शीर्षक र विनियोजन हेर्दा त्यस्तै देखिएको बाँस्कोटाले बताए ।

तर बजेटले १५ औं १६ योजना पूरा गर्ने गरी बजेट बजेट नल्याएको सांसद बाँस्कोटाले बताए ।

सांसद बाँस्कोटाले अगाडि सारिएका योजना, बजेट हालिसकिएका योजनालाई पनि पूरा गर्ने बजेट नदिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077