Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद पन्तको प्रस्ताव - अब भारतीय सीमामा काँडेतार लगाऔं

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सीमामा काँडेतार लगाउन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरे ।

सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उनको भनाइ छ।

सांसद पन्तले भने,‘केही दिनदेखि तराईंमा दिउँसै मान्छे मारिएका छन् । दिउँसै गोली हानिएका समाचार आएका छन् । मूल कारण खुला सिमाना हो । खुला सीमालाई स्वतन्त्र देशले नियन्त्रण गर्नैपर्छ । हामी एकैचोटी नसकौंला तर, अचेल राष्ट्रिय परिचयपत्र दिन थालिएको छ । यताबाट जाँदा पनि नागरिकता हेर्न सकिन्छ । उताबाट आउँदा पनि भारतीयसँग आधारकार्ड हेर्न सकिन्छ ।’

विस्तारै भारतसँग पासपोर्ट प्रणालीमा जानुपर्ने सांसद पन्तले बताए । काँडेतार लगाएर विस्तारै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा जानैपर्ने उनको भनाई छ ।

तराईंको सुरक्षाको लागि आन्तरिकतर्फ नेपाल प्रहरी र सीमामा सशस्त्र प्रहरीलाई व्यवस्थित हिसाबले खटाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077