Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्ग भासिँदा आवागमनमा समस्या

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ चाउथेमा पृथ्वी राजमार्ग आज बिहान भासिएको हो।

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको छ।

सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077