Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान-अवतरण बन्द

विराटनगर । अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थलमा उडान र अवतरण रोकिएको छ ।

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि उडान र अवतरण रोकिएको हो।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेको थियो।

विराटनगर विमानस्थलका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब विमानस्थल खुल्ने छ ।

बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077