Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले उत्तरी गाजाबाट हमासलाई विस्थापित गर्ने योजना ल्याउँदै

एजेन्सी । इजरायलले उत्तरी गाजामा हमासको शासनलाई विस्थापित गर्ने योजना सुरु गर्ने भएको छ ।

रेइचम्यान युनिभर्सिटीको वार्षिक हर्जलिया सम्मेलनमा बोल्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले यस्तो बताएका हुन् ।

हानेग्बीले हमासको सैन्य क्षमताको पतनले गाजामा हमास शासनको अन्त्य हुने बताए । उनले हमासको अन्त्य चाहने देशलाई यस प्रक्रियामा सामेल हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनाले गाजालाई हमासको उपस्थितिबाट टाढा राख्ने पहल जारी रहेको र गाजाको नयाँ नेतृत्वमा इजरायलको अब्राहम सम्झौताका साझेदारहरू, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घ समावेश हुने बताए।

अमेरिकाले इजरायली अधिकारीलाई युद्धको अन्त्यपछि गाजाको शासनका लागि स्पष्ट दृष्टिकोण विकास गर्न दबाब दिएको छ ।

बाइडेन प्रशासनले इजरायलले गाजा कब्जा गरेकोमा विरोध जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको सैन्य र प्रशासनिक क्षमताहरूको विनाश, सबै बन्धकहरूको फिर्ती र गाजाले अब इजरायललाई खतरा नभएको सुनिश्चित गर्नु इजरायलको तीनवटा युद्ध लक्ष्य रहेको बताए ।

प्रधानमन्त्री नेतान्याहूले युद्धपछिको असैन्यीकृत गाजालाई अरब देशहरूको सहयोगमा नागरिकद्वारा सञ्चालित प्रशासनले निरीक्षण गर्ने बताए ।

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तिमा एक हजार २०० मानिस मारिएका थिए भने २५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइएको थियो ।

कम्तीमा आक्रमणको बदलामा इजरायलले प्यालेष्टिनी गाजा क्षेत्रमा चलाएको हवाई तथा स्थल कारबाहीमा ३७ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077