Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसद बाँस्कोटाको प्रश्न - किसानहरुलाई दूधको पैसा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले किसानहरूको रकम भुक्तानी गर्न आग्रह गरेको हो । दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न उनले सरकारसँग आग्रह गरे।

सांसद बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेको उल्लेख गर्दै तत्काल भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद बाँस्कोटाले करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाए ।

सांसद बाँस्कोटाले भने,‘दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ? '

उनले सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए ।जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने उनले बताए ।

उनले दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो? भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077