Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङबाट साढे १५ क्विन्टल गाँजा बरामद, एकजना समातिए

मोरङ । मोरङमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर १५ सय ४८ किलोग्राम (लगभग साढे १५ क्विन्टल) गाँजा बरामद गरेको हो ।

भारततर्फ लैजान ठिक्क पारिएको अवस्थामा तयारी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको छ ।

गोठमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन उनी आफैं टोली लिएर पुगेका थिए ।

गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको थियो ।

गाँजा बरामद भएपछि गोठधनी सिंहलाई पक्राउ गरिएको छ। गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077