Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।

विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् ।

उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077