विराटनगर । अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
सुनसरी प्रहरीकाअनुसार आज बिहान ९ बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने बताईएको छ ।
पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।
पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ।