Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई रघुजी पन्तको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सांसद पन्तले बताए ।

सांसद पन्तले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’

संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।

नैतिक कुराहरु संविधानमा नलेखिने भन्दै उनले नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले संविधानको व्यवस्था देखाएर नैतिकता भुल्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077