Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कञ्चनपुरमा डुबेर तीन किशोरीको मृत्यु, आरतीको पनि शव भेटियो

कञ्चनपुर । कञ्चनपुरमा नुहाउने क्रममा बेपत्ता भएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको पुनर्वास–५ की १६ वर्षीया आरती बोगटी खोजतलासको क्रममा मृत अवस्थामा फेला पारेकी हुन् ।

लगातारको वर्षापछि आएको बाढीका कारण उनीसँगै रहेकी दुई बालिकालाई पनि बेपत्ता भएकी थिइन्।

आज (सोमवार) दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएकी थिइन् । लक्ष्मी र सृजना बोगटीको शव यसअघि नै फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077