Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ। धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार दिउँसो रोराङ गाउँपालिका-१० स्थित पानीधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको थियो भने जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077