Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेश प्रमुखले गरे विधेयक प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका २ विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम बिहीवार दुई विधेयक प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077