Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्वर्णिमले धम्की दिएको भन्दै मुकुलले गुहारे प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की आएको आरोप लगाएका छन् ।

महामन्त्रीबाट बर्खास्तमा परेका ढकालले केही बेरअघि सामाजिक संञ्जालमा स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । ढकालले वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् ।

ढकालले लेखेका छन्,'स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर 'मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु' लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।'

उनले आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेको तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको बताए ।

रास्वपाबाट कारबाहीमा परेपछि ढकालले एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै उपसभापति वाग्लेले ‘नेपाललाई भारतीय राज्य’ बनाउन आग्रह गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077