Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टाचारमा संलग्न १ हजार ५१६ जना कानुनी कठघरामा पुगे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०÷८१ को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न १ हजार ५ सय १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरी उच्च सक्रियता देखाएको छ ।

भ्रष्टाचार गर्नेहरूविरुद्ध व्यापक अभियान थालेको अख्तियारले मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । अख्तियारको सक्रियतासँगै भ्रष्टाचारमा संलग्न १ हजार ५ सय १६ जना कानुनी कठघरामा पुगेका छन् ।

गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरी अख्तियारले आफ्नो सक्रियता उजागर गरेको छ ।

यस अवधिमा अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा दायर गरेको छ । त्यसमा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका छन् । गत एक वर्षको अवधिमा अख्तियारले गरेको मुद्दा दायर र उजुरी फस्र्यौट दरले नै अख्तियारको सक्रियतालाई पुष्टि गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले पछिल्ला वर्षहरूमा अख्तियारले भ्रष्टाचारविरुद्धको छानबिन र अनुसन्धानको गतिलाई तीव्रता दिएको बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077