Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्द्रागिरि केबलकारको बीचमै अड्किए यात्रु

काठमाडौं । चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू केबलकारभित्रै फसेका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्।

विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएको बताइएको छ ।

अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार उद्धारका लागि ९ नम्‍बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट १५ जनाको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077