Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा सघाउने सुजाताको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्।

उनले भनिन्, ‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ ।'

उनले शेखर र शशांक कोइरालासँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै एकजुट भएर अघि बढ्ने बताइन् ।

उनले शेखरलाई शशांकले पनि समर्थन गर्ने बताइन् । कांग्रेसको १५ औं महाधिवेशन २ वर्षपछि हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077