Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा कांग्रेसको हस्तक्षेप सुरु

काठमाडौं । गृह मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले सम्हालेलगत्तै नेपाल प्रहरीमा हस्तक्षेप सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले धमाधम काज सरुवा गराउन थालेका छन् ।

मन्त्रीमा नियुक्त भएको एक साता नबित्दै उनले विभिन्न जिल्ला तथा कार्यालयका इन्चार्जहरु हटाएका छन् ।

मन्त्रीकै निर्देशनमा तनहुँका एसपी अपिलराज बोहरालाई पाँच महिनामै हटाइएको छ । त्यहाँ कांग्रेसनिकट एसपी वीरेन्द्र शाहीलाई खटाइएको छ ।

तनहुँका कांग्रेस नेता शंकर भण्डारीको स्वार्थअनुसार काम नगरेपछि बोहरालाई हटाइएको स्रोत बताउँछ । भण्डारी र बोहराबीच विवाद हुँदै आएको थियो ।

त्यस्तै, उदयपुरका एसपी रमेश थापाको पनि शुक्रबार प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ ।

एसपी थापाकै प्रस्तावअनुसार उनको सरुवा भएको बताइएको छ । उदयपुरमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ ।

त्यस्तै, भोजपुरमा पनि कांग्रेसनिकट डिएसपी युवराज तिमल्सिनालाई पठाइएको छ । कास्कीको वडा प्रहरी कार्यालय, बैदाम, रौतहटको चन्द्रनिगराहपुर लगायत कार्यालयमा पनि छानी–छानी कांग्रेस निकट इन्चार्ज पठाइएको छ ।

सरकार गठन भएको एक साता समेत नबिती यसरी हस्तक्षेप हुन थालेपछि प्रहरी अधिकारीहरु चिन्तित देखिएका छन् ।

कांग्रेस निकट प्रहरीहरु काठमाडौं परिसरका एसएसपी बसन्त रजौरेलाई समेत हटाउनुपर्छ भनेर लागेका छन् । रजौरेलाई तत्कालिन गृहमन्त्री रवि लामिछानले सरुवा गरेका थिए ।

गृह मन्त्रालयमा कांग्रेसको कमाण्ड सुरुभएलगत्तै गुप्तचरबाट आएका विवादास्पद टोलीहरु समेत उत्साहित भइसकेका छन् ।

बालकृष्ण खाणकै कार्यकालमा जस्तो कांग्रेस नेतृत्वमा प्रहरीभित्र चलखेल हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077