Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै साहले यस्तो बताएका हुन्।

साहले वर्तमान सत्ता पक्षमा रहेका नेताहरुको नियत सही नभएको भन्दै अहिलेको सरकारले पनि देशलाई गति दिन नसक्ने बताए ।

उनले नेताहरु जवफदेही हुनुपर्नेमा जोड दिँदै नेताहरुले बोल्दा खिसिटुरुरी हुने अवस्था रहेको बताए ।

उनले ओलीले प्रस्तुत गरेको सरकारको रोडम्यापमा आस्वस्त हुने अवस्था नरहेको पनि बताए ।

ओलीमाथि प्रश्न धेरै रहेकाले विश्वासको मत दिन उचित नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077