Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साउनको पहिलो सोमबार आज, शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईंचो लागेको छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077