Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फिस्लिङको पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे खसेको पहिरो बिहान ८ बजे पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने थालिएको थियो ।

पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको थियो । राजमार्ग खुलेसँगै सवारी साधन आआफ्नो गन्तव्यतिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077