Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको मुख्यमन्त्रीबाट एकाएक कसरी हट्यो लिला गिरीको नाम ?

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलई पठाउने भएको छ ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले बताए ।

चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताउँदै उनले भने–‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं । ’

आचार्यले पनि पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा रहेको बताए।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीमा दावी पेश गर्न लागेकोप्रति संसदीय दलका नेता लिला गिरीले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077