Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्यो, ६ जनाको मृत्यु

एजेन्सी । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गएको छ ।

अज्ञात समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएको हो ।

घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एक जनाको ज्यान गएको बताइएको छ ।

घटनामा अरु धेरै घाइते भएका छन् । यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार गोली हान्ने व्यक्ति सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077