Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खेल मैदान निर्माण गर्दा सेवाग्राहीसँग घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले फुङलिङ नगरपालिका इन्जिनियर मो अख्तर हुसैनविरुद्ध भ्रष्टाचार दायर गरेको हो ।

हुसैनले खेल मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख कायम गरीएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय ग बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077