Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२१ वटा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

काठमाडौँ । देशभर सञ्चालनमा रहेका २१ वटा क्यासिनोबाट सरकारले एक अर्ब ३३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आठ वटा ठुला क्यासिनो र १३ वटा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाउने साना (मिनी) क्यासिनोबाट एक अर्ब ३३ करोड ७५ लाख ९२ हजार दुई सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।

विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, “यस वर्ष क्यासिनो नवीकरणका लागि जेठ मसान्तभित्रै आवेदन माग गरिएकाले नयाँ आव लागेपछि सुरु हुने काम असारमै पूरा भएको छ । नवीकरणका लागि प्रव्रिmयामा नआउने क्यासिनोको इजाजतपत्रसमेत स्वतः खारेज हुने सूचना जारी गरेपछि ३४ करोड २५ रुपियाँ बेरुजुसमेत सङ्कलन भएको छ ।”

दुई वटा मिनी क्यासिनोको नवीकरण नहुने निर्णय गरिएको र दुई वटा ठुलो क्यासिनोको इजाजत खारेज गरिएको उनले जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077