Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता र प्रमुख सचेतकले राजीनामा दिएका छन्।

दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिएका हुन्।

दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उनीहरु असन्तुष्ट थिए।

गिरीसँगै प्रमुख सचेतक तुलसी चौधरीले पनि राजिनामा दिएका हुन्।

दलको नेताले राजीनामा दिएमा प्रमुख सचेतक पनि स्वतः हट्ने वैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077