Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बेचन झालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज गरेको हो।

असार १४ गते पक्राउ परेका झालाई प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला अदालत काठमाडौंले संगठित अपराधमा अनुसन्धानका लागि पटक-पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको थियो।

सर्वोच्चले सो रिट खारेज गरिदिएपछि अब झालाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न बाटो खुलेको छ ।

सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077