Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङले भने - कांग्रेस र एमालेले चाहेर मात्रै निर्वाचन प्रणाली फेरिँदैन

पोखरा । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमालेको चाहनाले मात्रै सम्भव नहुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले भने,'संविधान संशोधन र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज अहिले बाक्लिँदो छ । निर्वाचन प्रणाली फेर्न काँग्रेस र एमालेले मात्रै चाहेर हुँदैन । राष्ट्रिय सहमति चाहिन्छ । नेपालमा पहिले पनि यस्तो अभ्यास भएको हो । संसदीय व्यवस्था भएका अन्य मुलुकमा यो अभ्यास नौलो हो ।'

नयाँ सरकार गठनका बेला पनि यी विषयमा छलफल भएको भन्दै सञ्चारमन्त्री गुरुङले राष्ट्रिय सहमति आवश्यक हुने सुनाए।

उनले समानुपातिक समावेशिता पूरै हटाउन सम्भव नभएको बताए ।

सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार स्थायित्वका लागि बनेको भन्दै पहिलो र दोस्रो दल मिलेर सरकार चलाउनु नौलो प्रयोग भएको बताए ।

अहिलेको गठबन्धनले सुशासन र अर्थतन्त्र मजबुत बनाउन काम गर्ने दाबी गुरुङले गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077