Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङले भने - कांग्रेस र एमाले मिल्नु कुनै नौलो कुरा होइन

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस–एमाले मिल्नु कुनै नौलो कुरा नभएको बताएका छन्।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गरे । उनले स्थिर सरकारका लागि यसपटक कांग्रेस–एमाले मिलेको दाबी गरे।

सञ्चारमन्त्री गुरुङले भने,‘झट्ट हेर्दा कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक जस्तो देखिन्छ । तर, इतिहास साक्षी छ, नेपालमा जब ठूलो राष्ट्रिय संकट आउँछ, त्यसका लागि कांग्रेस एमाले मिलेकै छ । यो कुनै नौलो कुरा होइन।’

२०४६ सालको पञ्चायतविरोधी अभियान, २०६२–०६३ को जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र निरंकुश राजतन्द फल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले–कांग्रेस मिलेको उनले उल्लेख गरे ।

कांग्रेस–कम्युनिष्ट मिल्दा महान उपलब्धिहरु हासिल हुने उनले बताए ।

सञ्चारमन्त्री गुरुङले स्थिर सरकार नहुँदा विकास नभएको, पुँजीगत खर्च हुन नसकेको, सुशासन कायम हुन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र जनतामा निराश छाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077