Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडक स्तरोन्नति गर्दा ८० हजार घुस लिने सव-इन्जिनियरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दोलखामा ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्यमा भ्रष्टाचार गरेको भन्दै सवइन्जिनियर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरूले दोलखाको बिगु गाउँपालिका-३ स्थित लाँकुरी डाँडा-पिपल डाँडा ग्रामीण सडक स्तरोन्नति गर्ने क्रममा ८० हजार घुस लिएका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा उक्त योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा थापाले सेवाग्राहीसँग ८० हजार रुपैयाँ मागेका थिए ।

साथै कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई उनले उक्त रकम लिन लगाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगले ८० हजार रुपैयाँ बिगो कायम गरेर शिवाकोटी र शेर्पालाई पनि मुख्य कसुरदार थापा सरह नै सजायको मागदाबी ​गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077