Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका तीन एआईजीको सरुवा, सीआईबीमा थापा

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापालाई पठाइएको छ ।

यस्तै उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवालीलाई पठाइएको बताइएको छ ।

६० किलो सुन प्रकरण छानबिन गर्न बनेको डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालिन सीआईबी प्रमुख बज्राचार्यमाथि कारबाही सिफारिस गरेको थियो । तर उनै बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयको कमाण्डको जिम्मा दिइएको छ ।

यस्तै हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीको कार्य विभागमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077