Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिन सरकार स्पष्ट छ : प्रधानमन्त्री ओली

द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिन सरकार स्पष्ट छ : प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने तर्फ सरकार स्पष्ट रहेको बताएका छन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई नेतृत्वको १९ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिक रूपमा घृणा/द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमानदार रूपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको सुनाए ।

आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने अठोटमा रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077