Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कर्मचारीको तलब बढाउन सक्ने स्थिति छैन : प्रधानमन्त्री ओली

कर्मचारीको तलब बढाउन सक्ने स्थिति छैन : प्रधानमन्त्री ओली

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति नरहेको बताएका छन् ।

काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने, ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो । अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन ।’

कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए ।

अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077