Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले चुच्चे रेलसँग जोडेर समाजवादको भाष्य बिगारे : घनश्याम भुसाल

प्रधानमन्त्री ओलीले चुच्चे रेलसँग जोडेर समाजवादको भाष्य बिगारे : घनश्याम भुसाल

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताएका छन् ।

हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाए।

महासचिव भुसालले भने, ‘हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।'

महासचिव भुसालले ४०/५० करोडभन्दा ठूला भ्रष्टाचारको मुद्दामा राष्ट्रिय सहमति हुने गरेको जिकिर गरे ।

कांग्रेस, एमाले, माओवादीसहित आफ्नै पार्टी पनि त्यसमा सहभागी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077