Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

ठूला भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरुबीच नै सहमति हुन्छ : घनश्याम भूसाल

ठूला भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरुबीच नै सहमति हुन्छ : घनश्याम भूसाल

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ठूला भ्रष्टाचारका घटनामा शीर्ष नेताहरुबीच सहमति हुने गरेको बताएका छन् ।

अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।

महासचिव भूसालले ४० करोड रुपैयाँ भन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको दाबी गरे।

महासचिव भूसालले भने,‘४०र५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभइकन अगाडि बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन्।’

महासचिव भूसालले ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने बताए।

अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको भन्दै महासचिव भूसालले पार्टीहरुले त्यस्ता मान्छे उत्पादन नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने बताए ।

महासचिव भूसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077