Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा असर पर्‍यो, नीति बनाउन ढिला भइसक्यो : उपसभामुख इन्दिरा

वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा असर पर्‍यो, नीति बनाउन ढिला भइसक्यो : उपसभामुख इन्दिरा

शनिवार , भाद्र २२, २०८१

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले वायु प्रदूषणका कारण धेरै महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरूको स्वास्थ्यमा असर परिरहेको बताएकी छिन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपसभामुख रानामगरले यस्ता बताएकी हुन् ।

वायु प्रदूषणसम्बन्धी नीति बनाएर कार्यान्वयनमा लैजान ढिला भइसकेको बताउँदै उनले खुला फोरममार्फत् सांसदहरुसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।

जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सो बारेमा बुलन्द आवाज उठाउनुपर्ने बाइन् ।

'विश्वकै आँकडा हेर्ने हो भने पनि धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ,' उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077