Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रुसबाट स्वदेश फर्किए माधव नेपाल

रुसबाट स्वदेश फर्किए माधव नेपाल

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुसको भ्रमण सकेर शनिवार स्वदेश फर्किएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077