Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभापति अर्याल भन्छन् - देश बनाउन ३६ हजार १०७ जना रवि जन्माउनुपर्छ

उपसभापति अर्याल भन्छन् - देश बनाउन ३६ हजार १०७ जना रवि जन्माउनुपर्छ

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने टिप्पणी गरेका छन् ।

शनिवार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले सो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताए ।

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा गरेर ३६ हजार १०७ जना रवि जन्माउनुपर्ने र आफूहरु त्यही अभियानमा लागेको बताए।

उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077