काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल रहेका छन्।
एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनीविरुद्ध गत १२ पुसमा पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीलाई पक्राउ परेका व्यक्तिको जिम्मा लगाइएको छ ।