Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

रविलाई परिवारको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि सरकारी वकिलले उठाए प्रश्न

बिहिवार , माघ १०, २०८१

बुटवल। सुप्रिम सहकारी ठगीको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाएकोमा सरकारी वकिलले आपत्ति जनाएका छन्।

लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाइएकोमा सरकारी वकिलले असन्तुष्टि व्यक्त गरेका हुन् ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहसअघि सरकारी वकिलले रविलाई परिवारको जिम्मामा छाडिएकोबारे प्रश्न गरे।

बुधवार बयान सकिएपछि न्यायाधीश योगीले लामिछानेलाई परिवार र वकिलको जिम्मा लगाएका थिए ।

बयानका लागि आएको प्रतिवादीलाई परिवारको जिम्मा लगाएबाट न्यायाधीशको एक किसिमको मानसिकता झल्किएको भन्दै सरकारी वकिलहरूले न्यायाधीश योगीले रविको मुद्दा रेक्युजल (नहेर्ने) गर्नुपर्ने बताएका थिए ।

बयान सकिएपछि थुनछेक बहसका लागि थुनामा पठाउने प्रचलन रहे पनि न्यायाधीश योगीले रविलाई परिवारको जिम्मा लगाएको भन्दै सरकारी वकिल र जाहेरकर्ताका वकिलले प्रश्न उठाएका हुने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077