Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रविलाई आज पनि परिवारकै जिम्मा लगाउन अदालतको आदेश

रविलाई आज पनि परिवारकै जिम्मा लगाउन अदालतको आदेश

बिहिवार , माघ १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि भोलि उपस्थित हुने शर्तमा छाडेको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएका हुन् ।

जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ ।

हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077