काठमाडौं । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक मदन राई यौन दुर्व्यवहारको मुद्धामा दोषी ठहर भएका छन्।
कृषि विज्ञका रूपमा परिचित राईलाई जिल्ला अदालत खोटाङले शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको मुद्धामा दोषी ठहर गरेको हो ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेका हुन् ।
उक्त विद्यालयमा अध्यनरत छात्राहरूलाई राईले यौन दुर्व्यवहार गरेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो।
विद्यालयमा अध्ययनरत एक छात्राले मदन राईविरुद्द वाल यौन दुरुपयोग गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दिएकी थिइन्।
प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा जिल्ला अदालत खोटाङमा दर्ता भएको थियो।
अदालतले राईलाई दोषी ठहर गरे पनि कैद सजायको फैसला भने गरेको छैन। यो मुद्दाको कैद सजायको फैसला भने माघ २५ गएको इजलासले तोक्ने छ।