Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

आइतवार , माघ १३, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ ।

सुप्रिम सहकारी प्रकरणमा न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो ।

कार्यविधि संहिता बमोजिम एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको अदालतले जनाएको छ ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

यसअघि पुस २५ गते पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने माघ २ गते स्वर्णलक्ष्मी सहकारी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077