Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सेनाले भन्यो – कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

सेनाले भन्यो – कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

सोमवार , माघ १४, २०८१

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् ।

त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार १३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनले भने, “हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।”

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।

विकसित घटनाक्रमका आधारमा राष्ट्र संघको निर्देशनअनुरूप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077