Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रका ५३० हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

सशस्त्रका ५३० हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

सोमवार , माघ १४, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गत रिक्त ५३० पदमा वरिष्ठ हवल्दार बढुवा सिफारिसको सूचना प्रकाशित गरेको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) अनुसार बढुवा समितिको आइतबारको निर्णयअनुसार हवल्दारहरूलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी बलले ऐन अनुसार नियमावलीको नियम ३८ को उपनियम (३) अनुसार सबै सरोकारवालालाई जानकारी गराउन यो सूचना प्रकाशित गरेको छ।

यदि कुनै सिफारिसप्रति चित्त नबुझ्ने सशस्त्र प्रहरी हवल्दारहरू छन् भने, नियम ५५ बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077