अछाम । अछाममा गोठालो गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको हो ।
मृतक किशोरसँग गोठालो गएका दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
२० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् । शुक्रबारदेखि हराइरहेका उनीहरुको शव शनिबार साँझ भेटिएका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।