Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सोमवार , माघ १४, २०८१

कैलाली । कैलाली प्रहरीले किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077