Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एसएसपी अधिकारीको निर्देशन - आपराधिक प्रवृत्तिका मानिसहरूलाई कानूनको दायरामा ल्याउनू

एसएसपी अधिकारीको निर्देशन - आपराधिक प्रवृत्तिका मानिसहरूलाई कानूनको दायरामा ल्याउनू

बिहिवार , माघ २४, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुको निरीक्षण गरेका छन् ।

उनले बिहीबार थानकोट र बलम्बु प्रहरी कार्यालयको निरीक्षण गर्दै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका हुन् ।

निरीक्षणका क्रममा उनले थानकोट तथा बलम्बु क्षेत्र काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका भएकाले लागूऔषध तस्करी, विस्फोटक पदार्थ ओसारपसार, भन्सार तथा राजस्व छलिसहितका आपराधिक गतिविधिहरू हुन सक्ने सम्भावना औंल्याउँदै सुरक्षालाई थप मजबुत बनाउन निर्देशन दिए । साथै, सवारी व्यवस्थापनलाई पनि व्यवस्थित बनाउन प्रहरीलाई आवश्यक कदम चाल्न उनले आग्रह गरे ।

उनले नेपाल प्रहरीलाई समुदायस्तरमा प्रभावकारी रूपमा उपस्थित रहनु आवश्यक रहेको बताउँदै सुरक्षाको प्रत्याभूति गराउने गरी व्यावसायिकता र कर्तव्यनिष्ठाका साथ कार्य गर्न निर्देशन दिए । प्रहरी जनताका लागि सहजकर्ता हुनुपर्नेमा जोड दिँदै उनले जनताको हितलाई केन्द्रमा राखी कार्य गर्न, व्यवहारमा सद्भाव झल्काउन तथा आपराधिक प्रवृत्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता देखाउनुपर्ने उल्लेख गरे ।

आपराधिक प्रवृत्तिका मानिसहरूलाई कानूनको दायरामा ल्याई जनतालाई सुरक्षाको आभास दिलाउन समेत उनको निर्देशन छ ।

प्रहरी संगठनको छवि उच्च राख्न संगठनका सबै सदस्यहरूलाई व्यावसायिक आचरण र अनुशासनमा रहन निर्देशन दिँदै प्रमुख अधिकारीले प्रहरी पोशाक र दर्जाको दुरुपयोग क्षम्य नहुने चेतावनी दिए । साथै, राम्रो कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गरिने भन्दै उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

उउनले गलत कार्य गरेमा कारबाही हुने तर उत्कृष्ट कार्य गरेमा पुरस्कार पाउने सकारात्मक सोच राख्नुपर्नेमा पनि जोड दिए । निरीक्षण तथा निर्देशन कार्यक्रममा प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुका पदाधिकारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077