Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सिक्टा सिँचाइको साढे दुई अर्बको ठेक्कामा फिक्सिङ हुँदै, सार्वजनिक खरिद कार्यालयलाई पनि प्रभावमा पार्ने प्रयास

सिक्टा सिँचाइको साढे दुई अर्बको ठेक्कामा फिक्सिङ हुँदै, सार्वजनिक खरिद कार्यालयलाई पनि प्रभावमा पार्ने प्रयास

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । अनेक विवादमा मुछिँदै आएका उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री दीपक खड्काले साढे दुई अर्बको ठेक्का फिक्सिङ गर्न लागेको प्रमाण भेटिएको छ ।

यसअघि नै अनेक भ्रष्टाचारमा परेको सिक्टा सिँचाई आयोजनाको नहर निर्माणको ठेक्कामा सेटिङ हुन लागेको हो । यसमा उच्च तहका केही बिचौलियाहरू सक्रिय भएर लागेका छन् ।

सो ठेक्कामा आठ वटा कम्पनीले प्रतिस्पर्धा लिएकोमा शर्मा एक कम्पनी र कुमार निर्माण सेवालाई दिने गरी उच्च तहमा सेटिङ भइसकेको स्रोत बताउँछ ।

एक अर्ब ६० करोडको ठेक्का शर्मा एण्ड कम्पनी र अर्को एक अर्बको कुमार निर्माण सेवालाई दिन लागिएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत उजुरी परेको छ ।

अख्तियारले यस विषयमा छानबिन गरेर प्रतिवेदन पठाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई भनेको छ । सार्वजनिक खरिद कार्यालयले त्यस विषयमा सिँचाई आयोजनासँग जवाफ पनि मागेको छ ।

‘प्रारम्भिक छानबिनमा निश्चित कम्पनीलाई ठेक्का दिलाउने गरी स्पेशिफिकेसन बनाएको देखिन्छ,’ अनुगमन कार्यालयका एक कर्मचारी भन्छन्,‘यसमा सचिवज्यूलाई स्वार्थ समूहहरूले दबाब दिने काम गरिरहेका छन् ।’

सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा मुकुन्द निरौला छन् । उनलाई मन्त्री खड्काले समेत सेटिङमा साथ दिन दबाब दिएको स्रोत बताउँछ ।

यो ठेक्कामा मन्त्रालयकी उर्जा हेर्ने सचिव सरिता दवाडी तथा सिँचाई विभागका महानिर्देशक देवराज निरौलासमेतलाई रिझाउने प्रयास भइरहेको छ । सिक्टा सिँचाई आयोजनाका केही कर्मचारी भने भ्रष्टाचारमा तानिने जोखिमले डराएका छन् ।

सिक्टाको ४३ किलोमिटर नहर निर्माणका लागि दुई वटा ठेक्का प्रक्रिया अघि बढाइएको हो । जसको शुक्रबार प्राविधिक तथा आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको छ ।

जसमा दुई कम्पनी छनोट हुने गरी उच्च तहमै सेटिङ मिलाइएको स्रोत बताउँछ । जसविरुद्ध नेपाल निर्माण व्यवसायी संघमा समेत उजुरी परेपछि यो विषय पेचिलो बनेको छ । केही निर्माण व्यवसायीलाई पनि पैसा बाँडेर फिक्सिङ हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077